काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडले छूट दिने भएको छ । दुई संस्थाबीच भएको सम्झौतामा बैंकका ग्राहकले अस्पतालका सेवामा १० प्रतिशतसम्म छूट पाउने उल्लेख छ ।
भारतका नौ स्थानमा रहेका अस्पतालका शाखामा यो छूटको सुविधा लागू हुने बताइएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हस्पिटलका उपाध्यक्ष (इन्टरनेसनल बिजनेस) डा. कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् । भारतका हस्पिटलसँग बैंकले गरेको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले मेदान्त द मेडिसिटी अस्पतालसँगसेवा शुल्कमा १५ प्रतिशतसम्म छूट दिने सम्झौता गरेको थियो । यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंककोे छ ।