ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि फाइनान्सद्वारा कुर्सी तथा डस्टबिन वितरण

२०८० भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। समृद्धि फाइनान्सले पोखरा–८ स्थित प्रगतिशिल नारी समूहलाई कुर्सी तथा डस्टबिन सहयोग गरेको छ । उक्त सामग्री संस्थाको पोखरा शाखाले समूहलाई मंगलवार हस्तान्तरण गरेको हो । संस्थाले भदौ महीनाको सामाजिक उत्तरदायित्व अन्तर्गत नारी विशेष कार्यक्रमको योजना बनाएको र सोही कार्यक्रमअन्तर्गत १२ ओटा कुर्सी र डस्टबिन उपलब्ध गराएको बताइएको छ । 

भदौ महीनामा महिलाहरूले ‘समृद्धि गृह लक्ष्मी बचत खाता’ खोली उच्च ब्याजदरको प्रतिफलका साथै नि:शुल्क डिजिटल बैंकिङ सुविधा लिन सक्ने संस्थाले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)