काठमाडौं । सिटिजन्स कयापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले प्रस्तावित १२ प्रतिशबत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ८ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।