ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भगवती हाइड्रोपावरको आईपीओले कति पाउँला ओपन रेञ्ज ?

२०८० भदौ, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आईपीओले रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ४१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

कम्पनीको आईपीओ भदौ १८ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले भदौ ५ गते देखि ८ गते सम्म  ७ लाख १२ हजार २२० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)