ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला सशक्तीकरण र कृषि प्रवर्द्धन गर्न एकीकृत खेती परियोजना थालनी

कोका–कोला फाउन्डेसन र माइती नेपालबीच सहकार्य

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग एकीकृत खेती परियोजनामार्फत सहकार्यको थालनी गरेको छ । सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणका लागि सहकार्य गरिएको बताइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा परियोजनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले परियोजनाले ग्रामीण विकासको प्रवर्द्धन, दिगो कृषि विधि विस्तार र समुदायको आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

परियोजनाले ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालीम दिने केन्द्र स्थापना गर्ने बताइएको छ । यस्तै समुदायका ३० महिलाको दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताका लागि आवश्यक शीप प्रदान गर्ने बताइएको छ । 

तालीमपश्चात् सहभागीलाई स्टार्ट–अप व्यवसाय गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र वित्तीय संस्थासँग समन्वय गरिने बताइएको छ । दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीलाई उनीहरूले सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना रहेको बताइएको छ ।

फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले महिला सशक्तीकरण र दिगो कृषि प्रवर्द्धनसँगै जाने बताइन् । ‘माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले जोखिममा रहेका महिलालाई जीवनमा सफल हुन आवश्यक उपकरण र अवसर प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं,’ उनले भनिन् । माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले एकीकृत खेती, कृषि तालीम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्त गर्दै परियोजनाले यसको स्थायित्वमा सहयोग गर्ने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)