काठमाडौं। राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई कायम राख्न ‘सेफ्टी प्याक’का साथै प्रयोगकर्तालाई लक्षित गरेर विभिन्न सुविधा र चालक तथा यात्रुका लागि आचार संहितासहित सशक्तीकरणमा पहल गर्दै आएको बताएको छ ।
‘कम्युनिटी डेभलपमेन्ट प्लेटफर्म’मार्फत यात्रु र चालकलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड सेयरिङ व्यवसाय अगाडि बढाइरहेको इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवा शुरू गरेको थियो । कम्पनीका राइड हेलिङ निर्देशक रोमन एर्मोशिनले कम्पनीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएको बताए । ‘हामीले भेदभावमा शून्य सहनशीलताका नीति लिँदै आएका छौं,’ उनले भने, ‘विस्तार, वृद्धि, ग्राहक सन्तुष्टि तथा सुरक्षामा ध्यान दिएर समुदायमा सकारात्मक प्रभाव छाड्छौं ।’
इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप भएको बताइएको छ । यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी शहरमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्तालाई निरन्तर सेवा दिँदै आएको दाबी गरेको छ ।