ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘युवा उद्यमशीलता शिखर सम्मेलन’को मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ‘युवा उद्यमशीलता शिखर सम्मेलन’को तेस्रो संस्करणकोे मुख्य प्रायोजन गर्ने भएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्त रूपमा आयोजना गर्ने शिखर सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहने सम्झौता भएको हो ।

सन् २०१९ देखि शुरू भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि बैंकले मुख्य प्रायोजकको रूपमा साझेदारी गरेको थियो । तेस्रो शिखर सम्मेलन भदौ ३० मा हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योगीहरू उपेन्द्र महतो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ता रहने बताइएको छ ।

सहकार्यबारे सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारीमा हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए । 

वाणिज्य बैंकले युवा, महिला, कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ कर्जा प्रवाह गरेको उनको भनाइ छ । नेपाल बिजनेश इन्स्टिच्युट (एनबीआई) का अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक गैरेले ७० जिल्लाका ५०० युवा उद्यमी शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)