ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीभीएसको ‘हर मोडमा उमंग’ अफर

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्व लक्षित ‘हर मोडमा उमंग’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा रू. १० लाखसम्म जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । बिहीवारदेखि शुरू भएको यो योजना सीमित अवधिका लागि उपलब्ध रहेको बताइएको छ ।

हरेक महीना शत प्रतिशत क्यासब्याक जित्न सकिने र बम्परमा रू. १० लाखसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । साथै, कम्पनीले एक्चेन्जमा रू. १० हजारसम्म थप मूल्यांकन तथा शून्य प्रतिशत ब्याज र २५ प्रतिशत भुक्तानीमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधा रहेको बताइएको छ । अफरमा जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)