ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा यामाहाको ‘एफजेड एसएफआई भीथ्री’ सार्वजनिक 

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नवीन अटो सेन्टरले ‘एफजेड एसएफआई भीथ्री’ सार्वजनिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले नयाँ डिजाइन, नयाँ लुक्स र माइलेज बढी रहेको यो मोटरसाइकल नेपाली ग्राहकमैत्री हुने विश्वास व्यक्त गरे । ‘यो मोटरसाइकल प्रेमीको रोजाइमा पर्छ । त्यसैले हामी यसको नयाँ रङको विकल्प नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउन योे नयाँ भेरियन्टले अझै सघाउनेमा ढुक्क छौं,’ कर्माचार्यले भने ।

मोटरसाइकलले प्रतिलिटर औसत ५५ किलोमिटर माइलेज दिने उनको भनाइ छ । यो मोटरसाइकलको मूल्य ४ लाख ४ हजार रुपैयाँ तोकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)