ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्वारेन्टाइन कार्यालय जलेश्वरबाट ९ लाख राजस्व संकलन

२०८० भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुर। क्वारेन्टाइन कार्यालय महोत्तरीले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न आयात निर्यात तथा कृषिजन्य वस्तुको चेकजाँचबाट रू. ९ लाख राजस्व संकलन गरेको छ । 

भारतबाट आयात गरिएका विभिन्न खाद्यान्न, तरकारी, फलफूल लगायतको चेकजाँचबाट उक्त परिमाणमा राजस्व संकलन गरिएको कार्यालयका निमित्त प्रमुख किशोर यादवले जानकारी दिए । उनका अनुसार गतवर्ष जलेश्वर नाका तथा यस कार्यालयअन्तर्गत पर्ने सिरहाको माडर र ठाडी नाकाबाट रू. २ अर्ब २१ करोड मूल्य बराबरको सामग्री आयात भएको हो । चालू आर्थिक वर्षको एक महीना २२ दिनमा विभिन्न कृषिजन्य सामग्रीको आयात निर्यातबाट रू. २ लाख ९० हजार राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)