ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई वर्ष हात खाली बनाएको एनआईसी एशिया बैंकले यस वर्ष ३०.५० % लाभांश वितरण गर्ने

२०८० भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कुल ३० दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेका कारण लगानीकर्ताको हात खाली भएको अवस्थामा बैंकले गत आर्थिक वर्ष ०७९/८० को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

बैंकले वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा अधिकतम ४१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट बैंकले हालसम्मकै उच्च लाभांश वितरण गरेको हो । उक्त वर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट भने बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)