ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु क्यापिटलको साधारण सभा असोज १९ मा, ६.३२ % लाभांश प्रस्ताव

२०८० भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज १९ गते बोलाएको छ । भदौ २५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले अरण्य बुटिक होटल एण्ड रेष्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा उक्त दिन दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै गत वर्षको मुनाफाबाट करसमेत ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । सभाका लागि तय भएको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने विषय छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)