ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी 

२०८० भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ६२ हजार कित्ता संस्थापक शेयर भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले असोज १२ गते अपराह्न २ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकिएको छ ।

बोलपत्र पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते दिउँसो ३ बजे विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)