ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेवा हाईड्रोले आईपीओ जारी गर्ने, असोज २० गते बोलायो साधारण सभा

२०८० भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सेवा हाईड्रो लिमिटेड कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको काठमाडौं थापागाउँस्थित रजिष्टर्ड कार्यालयमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासनपछि प्राप्त हुने कुल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पूरा गर्नका लागि खर्चिन स्वीकृति प्रदान गर्नेछ । अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने र संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तनको विषय पनि सभाका लागि तय भएको छ ।

कम्पनी सञ्चालकको राजीनामा स्वीकृति तथा नयाँ सञ्चालकको गठन समेत सभामार्फत हुनेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)