काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो ।
यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व थियो । कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो ।
हाल कम्पनीको कुल कित्ता शेयर ३१ लाख ९८ हजार १८१ दशमलव ३०१८ छ । शेयर स्वामित्व परिमार्जनपछि संस्थापकको समूहको १६ लाख ३१ हजार ७२.४६३९ कित्ता र सर्वसाधारणको १५ लाख ६७ हजार १०८.८३७९ कित्ता कायम भएको छ । परिमार्जित शेयर स्वामित्व अनुसार धितोपत्र अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।