ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ निष्कासन प्रस्ताव पारित गर्न एकर्ड फर्मास्युटिकल्सले बोलायो असोज २१ मा साधारण सभा

२०८० भदौ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आईपीओ निष्कासन प्रस्ताव पारीत गर्न एकर्ड फर्मास्युटिकल्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २१ गते साधारण सभा बोलाएको हो ।
साधारण सभा बसेरा बुटिक होटल बबरमहल काठमाडौंमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 
कम्पनीको सभाले सर्वसाधारणका लागि यसअघिकै साधारसभाबाट छुट्याइएको शेयरमा पूँजी वृद्धिका कारण हुन गएको संशोधनलाई अनुमोदन गर्नेछ । यस्तै, पूँजी वृद्धिपश्चात् कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत अर्थात् ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काुन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)