ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा गुञ्जिँदै धाःको धुन [तस्वीरहरू]  

२०८० भदौ, २९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । अघिअघि धाः (नेवार समुदायको एक प्रकारको बाजा) बजाउनेहरू छन् । पछिपछि उनीहरूलाई पछ्याउनेहरू छन् ।  

एक महीनायता काठमाडौंको स्वयम्भूनाथमा हरेक दिन यस्तै दृश्य देखिन्छ । बौद्ध धर्म मान्ने उपत्यकाका नेवार समुदायका व्यक्तिहरू बाजा बजाउनेको टोलीसहित स्वयम्भूनाथमा पुग्छन् र पूजा गरी फर्किन्छन् । 

स्वयम्भूनाथमा मात्रै होइन, उपत्यकाको मत्स्येन्द्र नाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत महाविहार वा विहारमा पनि यस्तो दृश्य देख्न सकिन्छ । कारण हो– गुँला पर्व । नेवार समुदायको पनि विशेषतः बौद्ध धर्मालम्वी शाक्य, बज्राचार्य र मानन्धरहरूले यो पर्व मनाउने गर्छन् । 

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महीना यो पर्व मनाउने गरिन्छ । गुँला पर्वको अवसरमा विशेष गरी धाः बाजा बजाइन्छ । यो बाजाको धुनमा काठमाडौं गुञ्जायमान बनेको छ । मादलजस्तो देखिने (आकार भने ठूलो) यो बाजामा देब्रेतिर बेतको सानो लौरी र दाहिनेतिर हातले बजाइन्छ । तर, पछिल्लो समय धाःसँगै बाँसुरी, धिमे, भुुस्या, दमोर्खा र न्याकुँ बाजा पनि बजाउन थालिएको छ । 

यो पर्वका सम्बन्धमा एक किम्बदन्ती छ– साउन महीनामा गौतम बुद्धले वर्षावास बिताएका थिए । त्यसकै सम्झनामा यो पर्व मनाउन थालिएको जानकार बताउँछन् । साउनमा वर्षा हुने र त्यसका कारण आउने बाढीपहिरोबाट क्षति नहोस् भनेर पर्व मनाउने मान्यता रहेको संस्कृतिविद् बताउँछन् । 

हेर्नुस् तस्वीरहरू


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)