ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: उखुको मूल्य पोहोरभन्दा घटाउन पाइँदैन 

२०८० भदौ, ३१  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चिनी उद्योगीले पोहोर तिरेको मूल्य दिन सक्दिन भन्न मिल्दैन । पोहोरको मूल्य हामी कुनै पनि अवस्थामा लिएरै छाड्छौं । उखुको समर्थन मूल्य कम्तीमा ५ सय रुपैयाँ हुनुपर्ने हाम्रो माग हो । ३ सय २० रुपैयाँ प्रतिक्वीन्टलमा उखु कुनै पनि हालतमा दिन सकिँदैन । हामीले चिनी मिलहरूलाई प्रतिक्वीन्टल उखुको मूल्य न्यूनतम ५ सय रुपैयाँ कायम हुनुपर्छ भनी लेखेर पठाइसकेका छौं । यसमा सहमतिका लागि हामी पनि लचक हुन तयार छौं । उखु उत्पादक किसानका समस्यालाई न सरकारले सम्बोधन गर्न सकेको छ न चिनी उद्योगले नै । हामीले सबैबाट पीडित बन्नुपरेको छ । चिनी उद्योगीले यहाँका किसानलाई भारतीयसँग तुलना गर्न मिल्दैन । भारतीय किसानलाई सरकारले अनुदान दिएको छ । विहारका किसानले शुरूदेखि नै उखुको मूल्य पाएका छन् । हामीले सरकारबाट उखु उत्पादनका लागि अहिलेसम्म कुनै अनुदान पाउन सकेका छैनौं । सरकारले कृषि क्षेत्रमा भ्याट नलिने बताए पनि किसानले भ्याट तिर्नुपरिरहेको छ । 

(उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीसँगको कुराकानीबाट) 

वर्ष ६, अंक ६८ सोमवार, १३ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)