रौतहट। होटल संघ नेपाल (हान) मधेश प्रदेश समितिले रौतहटको चन्द्रनिगाहपुरमा ‘एड्भान्स कुकिङ तालीम’ दिएको छ । भदौ २२ मा शुरू भएको एक हप्तासम्म चलेको हो । होटललाई व्यवस्थित बनाउन किचेनको भूमिका प्रभाकारी रहेकोले ‘एड्भान्स कुकिङ तालीम’ दिइएको हानले जानकारी दिएको छ । हान मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार झुनझुनाले तालीममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिए । तालीममा सेफ एशोसिएशनका अध्यक्ष श्याम लामाले ग्राहकले सस्तो भन्दा पनि गुणस्तर र मिठा परिकार रोज्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । फरक किसिमले नयाँ परिकार दिन सकिएमा ग्राहक रोजाइमा पर्ने उनको भनाइ छ । प्रदेशमा पहिलोपटक भएको यो तालीममा २० जना सहभागी थिए ।