ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरान खानेपानीको बिल भुक्तानी आइएमई पेबाट

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। डिजिटल वालेट आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ । धरान उपमहानगरपालिकामा खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न आइएमई पेले यही भदौदेखि यो सुविधा सञ्चालनमा ल्याएको हो । साथै, कम्पनीको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी रू. १०० सम्म छूट पनि प्राप्त गर्न सक्ने बताइएको छ । यस सुविधाले सेवाग्राहीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए । कम्पनीलेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गरेको बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)