ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफको ‘सिटिजन हिरोज कन्क्लेभ’ सम्पन्न

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन हिरोज कन्क्लेभ’ सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको कार्यक्रमको यो तेस्रो संस्करण हो । धुलिखेलमा सम्पन्न कन्क्लेभ ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ थिममा सञ्चालन भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हरेक आर्थिक वर्षमा आफ्ना सिनियर एजेन्सी म्यानेजरसहित केही उत्कृष्ट एजेन्सी म्यानेजरलाई छनोट गरेर कार्यक्रम गर्दै आएको छ । यसबाट एजेन्सी मेनेजरको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । यस्तो किसिमको कार्यक्रमले नेतृत्वलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढंगले सोच्ने र नयाँ तरीका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कार्यक्रममा ६० जना एजेन्सी म्यानेजरको सहभागिता थियो भने कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमका साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)