ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२.५ ट्रिलियन डलर पुग्यो विश्वव्यापी व्यापार वित्त अन्तर

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सन् २०२२ मा विश्वव्यापी व्यापार वित्त अन्तर २ दशमलव ५ ट्रिलियन डलर पुगेको छ । एशियाली विकास बैंक एडीबीले हालै सार्वजनिक गरेको ‘२०२३ फाइनान्स ग्याप्स, ग्रोथ एन्ड जब्स सर्भे’ले यस्तो देखाएको हो । एडीबीका अनुसार दुई वर्षअघि यो १ दशमलव ७ ट्रिलियन डलर थियो । एक ट्रिलियन बराबर एक हजार अर्ब हुन्छ ।

बढ्दो ब्याजदर, मुद्रास्फीति र भूराजनीतिक अस्थिरताले बैंकहरूको व्यापार वित्त पोषण गर्ने क्षमता घटाएकाले विश्वव्यापी व्यापार वित्त अन्तर गहिरिएको एडीबीले बताएको छ । व्यापार वित्त अन्तर भनेको आयात र निर्यातलाई समर्थन गर्न वित्त पोषणका लागि गरिने अनुरोध र स्वीकृतिबीचको भिन्नता हो ।

बढ्दो ब्याजदर, मुद्रास्फीति र भूराजनीतिक अस्थिरताले बैंकहरूको व्यापार वित्त पोषण गर्ने क्षमता घटाएकाले विश्वव्यापी व्यापार वित्त अन्तर गहिरिएको एडीबीले बताएको छ ।

कोरोना महामारीपछि आर्थिक क्षेत्रमा देखिएको पुनरुत्थानसँगै विश्वव्यापी सामान निर्यात सन् २०२१ र २०२२ मा क्रमश: २६.६ प्रतिशत र १५.५ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । अर्थतन्त्रको तीव्र पुनरुत्थानपछि व्यापार वित्तको माग बढेको, तर आर्थिक जोखिमले वित्तलाई पहिलेको तुलनामा सुरक्षित गर्न कठिन बनाएको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणलाई व्यापार वित्त स्वास्थ्यको अग्रणी ब्यारोमिटर मानिन्छ । यसमा ५० देशका १३७ बैंक र १८५ कम्पनीको तथ्यांक समावेश गरिएको एडीबीले बताएको छ । सर्वेक्षणमा सहभागीहरूले बढ्दो ब्याजदर, वित्तीय बजारको अनिश्चितता, आर्थिक मन्दी र भूराजनीतिक अस्थिरताका कारण निरन्तर बाधाहरूको सामना गर्नुपरेको बताएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)