काठमाडौं। विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो । आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी उच्चस्तरीय समिति गठन गरिएको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो । बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो । मन्त्रालयका अनुसार यस्तो समितिले दिएको सुझावलाई आधार मानेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण गरिनेछ ।