ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेष्डो समृद्ध लघुवित्तले १७.९३ % नगद लाभांश असोज २६ गते पारित गर्ने !

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असोज २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि सभा बोलाउने निर्णय गरेको हो । सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा उक्त दिन दिउँसो १ः३० बजे शुरु हुने बताइएको छ । 

कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १७ दशमलव ९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रुपैयाँ बराबरको नगद लाभांश करसमेत वितरण गर्न लागेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि आवश्यक छलफल पनि सभामा हुनेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)