ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राप्ती हाइड्रोले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना शेयरधनीहरूलाई हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकले शेयरधनीहरूलाई हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले १ः१ अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाउने पनि कम्पनीले जनाएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासन गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ ।

त्यसपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)