ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने दोर्दी खोला जलविद्युतको निर्णय

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेस गर्नेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)