ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा इक्वीटी फण्डले लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

योजना व्यवस्थापकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत १८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले लाभांश प्राप्त गर्नेछन् ।

गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम रहेको छ । गत वर्ष करसमेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)