ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको आईपीओमा असोज २ गते (आगामी मंगलवार) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार उक्त दिन बिहान ९ बजे आईपीओ बाँडफाँट हुन लागेको हो । 

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीको १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

सोहीमध्ये पाँच जनाले थप १ कित्ता अर्थात् २१ कित्ता शेयर हात पार्नेछन् । कम्पनीले भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)