ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा वर्ल्डलिंक कम्युनिकेसनको रक्तदान 

२०८० भदौ, ३१  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । वर्ल्डलिंक कम्युनिकेसन, चितवनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । वर्ल्डलिंकको २८ औं वार्षिकोत्सव, तीज पर्व तथा आठ लाख सेवाग्राही पुगेको अवसरमा शनिवार कम्पनीले रक्तदान गरेको हो । कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेको वर्ल्डलिंकले जनाएको छ । 

भरतपुरको चौविसकोठीमा भएको रक्तदान कार्यक्रमको उदघाटन गर्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्डलिंकले रक्तदान कार्यक्रम गरेकोमा धन्यबाद दिए । उनले हरेक संघसंस्थाले विभिन्न पर्व र आफ्नो उत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरे रगतको अभाव नहुने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले वर्ल्डलिंकले गरेको सामाजिक कामको सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिन समेत अनुरोध गरे । कार्यक्रममा वर्ल्डलिंक चितवनका शाखा प्रमुख नारायणकुमार घर्तीले आगामी दिनमा पनि कम्पनीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिंँदै जाने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)