ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन रि इन्स्योरेन्सले ३ करोड कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

२०८० भदौ, ३१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ३ करोड कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा भदौ २६ गते निवेदन दिएको हो । 

कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । 

सेबोनबाट स्वीकृति पाएपछि ३ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ विक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)