ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माणाधीन होटल ‘मर्क्युर काठमाडौं’ फेब्रुअरीमा सफ्ट लन्च हुने

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंमा निर्माणाधीन होटल ‘मर्क्युर काठमाडौं’ सन् २०२४ को फेब्रुअरीमा सफ्ट लन्च हुने भएको छ । रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालका अनुसार होटलको ४३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।  

मेट्रोपोलिटेन होटल प्रालिले काठमाडौंमा ‘एएपिसि इण्डिया होटल म्यानेजमेन्ट प्रालि (अक्कोर होटल)’ सँगको समझदारीमा निर्माण गरिरहेको यस होटलको निर्माण कार्यको काम दुई चरणमा विभाजन गरेर भइरहेको छ । पहिलो चरणमा होटलको भवनको विकास र सम्बन्धित सुविधाहरू निर्माणको काम भइरहेको छ । यस्तै,  दोस्रो चरणमा भने क्यासिनो र यससँग सम्बन्धित सुविधाहरूको निर्माण कार्य हुनेछ ।  

इन्फोमेरिक्सका अनुसार होटलको लागत ४५ प्रतिशतले बढेको छ । शुरुवाती चरणमा १ अर्ब ५६ करोड ३० लाख रुपैयाँमा निर्माण गर्ने भनिएको होटल ब्रान्ड समावेश, टेरेस बार र अन्य सुविधाहरू थप्दा परियोजना लागत बढ्न गएको हो ।

कम्पनीको कर्जा १ अर्ब ९७ करोड छ । होटल निर्माणको लागि कम्पनीले लिएको दीर्घकालीन कर्जाको लागि डबल बी माइनस र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ । 

सन् २०२० बाट निर्माण कार्य शुरु भएको यस होटलमा १०६ ओटा बेड छन् । त्यसका साथै होटलमा बार, मिटिङ रुम, फिटनेस सेन्टर, स्वीमिङ पुल, क्यासिनो लगायतका सुविधा पनि छन् । 

कम्पनीको अध्यक्षमा व्यवसायी देशबन्धु बस्नेत छन् । व्यवसायी बस्नेतको कम्पनीमा ४५ प्रतिशत लगानी रहेको छ । त्यसैगरी कम्पनीमा राजेन्द्र राउत र बिजय बहादुर मल्लको पनि लगानी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)