ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा निर्यात घट्यो, चीन र अन्य मुलुकमा बढ्यो

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा छिमेकी देश भारतसँगको निर्यात घटेको छ भने चीनलगायत अन्य मुलुकसँगको निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज)  सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांक अनुसार समीक्षा अवधिमा भारततर्फको निर्यातमा २०.८ प्रतिशतले कमी आएको छ । यस्तै, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । 

चीनलगायत अन्य मुलुकमा निर्यातमा उच्च वृद्धि भए पनि समग्रमा नेपालको निर्यात ८.७ प्रतिशतले घटेको छ । यसको कारण हो- भारततर्फको निर्यात घट्नु । नेपालले गर्ने निर्यातमा भारततर्फको हिस्सा उच्च भएकाले त्यहाँको निर्यात घट्दा नेपालको निर्यात घट्ने गरेको छ । 

वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)