ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढ्यो, साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ भित्रियो

२०८० भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज) सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । 

श्रम स्वीकृति लिने घटे 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)