ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: १० लाख डलरको फाइल राजस्व अनुसन्धान विभागमा

२०८० असोज, १  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपाल राष्ट्र बैंकले डेढ वर्षअघि नै असीम खत्री क्षेत्रीले अमेरिकाबाट पठाएको १० लाख डलर रकमको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागलाई सुम्पिएको बताएको छ । बैंकले यससम्बन्धी फाइल विभागमा पठाइसकिएको बताएको हो । ‘मुद्राको स्रोतका विषयमा अध्ययन गर्नुपर्ने भएकाले राजस्व अनुसन्धान विभागमा पठाइएको हो,’ राष्ट्र बैंक उच्चस्रोतले अभियानलाई भन्यो ।

राजस्व अनुसन्धान विभागले भने अहिलेसम्म अध्ययनलाई निष्कर्षमा पुर्‍याउन सकेको छैन । यसले गर्दा खाताको रकम २ वर्ष ४ महीनादेखि फ्रीज भएर बसेको छ । नेपाली मूलका असीम खत्री क्षेत्रीले जुलाई २८, २००८ मा अमेरिकाको न्यूयोर्क चेज बैंकबाट नेपाल बंगलादेश बैङ्कको खातामा पठाएको रकम खातावालालाई भुक्तानी नदिन र खाता रोक्का गर्न राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागले निर्देशन दिएको थियो । क्षेत्रीले चिनियाँ नागरिक ली फियाङको नेपाल बंगलादेश बैंकमा रहेको ००४०५९२८१० नम्बरको खातामा रकम पठाएका थिए । यो रकममा विभिन्न स्वार्थ जोडिएकाले अहिलेसम्म निर्णय हुन नसकेको स्रोतको दाबी छ । त्यो रकम कमिसनको रूपमा आएको देखिएकाले अनुसन्धानको दायरामा ल्याइएको राष्ट्र बैैंक स्रोत बताउँछ ।

वर्ष ६, अंक ७१, बुधवार, १५ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)