काठमाडौं। कन्फेशनरी कम्पनी सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरू गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई अगाडि सारिएको कम्पनीले जानकारी दिएको छ । बालबालिकाको हरेक रमाइला पललाई ‘वन्ली चोकोफन’को साथले मात्र पूर्णता मिल्ने भन्ने सन्देश विज्ञापनमा छ । विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जालमार्फत गरिने बताइएको छ । विगत चार दशकदेखि कन्फेशनरी उत्पादन गर्दै आएको यो कम्पनी आईएसओ २२०००:२०१८ प्रमाणित रहेको छ । कम्पनीले अत्याधुनिक मेसिनरी र उच्च स्वस्थकर वातावरणमा चोकोफन उत्पादन गर्दै आएको बताइएको छ ।