ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोख्रेल नियुक्त

२०८० असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । आइतवार बसेको कम्पनी सञ्चालक समितिको ५५औं बैठकले पोख्रेललाई सीईओमा नियुक्त गरेको हो । सीईओ पोख्रेलले यसअघि नेपाल एसबिआई बैंकको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापनमा अब्बल मानिन्छन् । सीईओ पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने कम्पनीको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)