ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्जन बचत सहकारी संस्थाको ८ प्रतिशत लाभांश पारित

२०८० असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

ललितपुर। ललितपुर कुमारीपाटीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिवार सम्पन्न संस्थाको १४औं साधारणसभाले सो लाभांश पारित गरेको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ दशमलव १० प्रतिशतले संकुचन आएर २९ करोड ५३ लाख रुपैयाँ पुगेको संस्थाको तथ्यांक छ ।

संस्थाका अनुसार गत आव २०७९/८० सम्ममा संस्थाले २२ करोड ३६ लाख रुपैयाँ बराबर निक्षेप संकलन र २३ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ । गत आवसम्ममा आयकरपछिको खुद नाफा ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको संस्थाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)