काठमाडौं। पर्यटकीय सम्भावना भएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गर्ने भएको छ । गतवर्ष लमजुङको भुजुङमा भीर मौरीको मह काढेर स्पार्क एड्भेन्चरको पहिलो संस्करण गरिएको थियो । दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ तथा त्यहाँको चौंरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।
असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा कलाकार, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टराईले जानकारी दिए । उनका अनुसार आन्तरिक पर्यटनको खोजी गर्ने, चौंरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खानाका पारखी र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएकाहरू कार्यक्रममा सहभागी हुन पाउनेछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।