काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको तेस्रो दिनमा नै १६ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार सोमवार (आज)सम्म ९ लाख २५ हजार २ सय ७ आवेदनकर्ताले १ करोड ४ लाख ६६ हजार ८ सय २० कित्ता शेयरका लागि आवेदन दिएका छन् । कम्पनीले गत शुक्रवार सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा गरेको छ ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ देखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ देखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।