ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियानकर्मी शर्माले पाए पुरस्कार 

२०८० असोज, १  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
आर्थिक अभियानकर्मी सुनिल शर्मा (बायाँबाट दोस्रो)का साथमा अन्य पुरस्कार विजेताहरू ।
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक अभियानकर्मी सुनिल शर्माले गत वर्ष आयोजना गरिएको काठमाडौंको विकास, संस्कृति तथा रितिथिति झल्कने तस्वीर प्रतियोगिताको पुरस्कार पाएका छन् । काठमाडौं महानगरपालिकाले गत वर्ष महानगर दिवसमा आयोजना गरेको उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका फोटो पत्रकार शर्माले सोमवार (आज) २० हजार राशिको पुरस्कार पाएका हुन् । 

महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएमको २४ औं वार्षिकोत्सवका अवसरमा उनलाई पुरस्कार हस्तान्तरण गरिएको छ । 

उक्त प्रतियोगितामा फोटो पत्रकारहरू सुशील श्रेष्ठ पहिलो र महेश प्रधान तेस्रो भएका थिए भने आर्यन धिमाल र अर्चना श्रेष्ठले सान्त्वना पुरस्कार जितेका थिए । पहिलो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार हात पार्दा तेस्रो र सान्त्वना हुनेले जनही १५ हजार रुपैयाँ पाएका थिए ।  

यस्तै चित्रकलातर्फ निरज चित्रकार, प्रवीण श्रेष्ठ, कुन्तीश्री थापा र अमन महर्जनलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)