ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट: सरकारको अनुमतिमा ठगी

२०८० असोज, २  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सहयोग एन्ड विकास नेपाल (सब नेपाल) नामको नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने कम्पनीले सर्वसाधारण जनताको करोडौं रकम ठगी फरार भएको समाचार आएको छ । यसअघि पनि यस्ता कैयौं घटना भइसक्दा पनि सरकारले सञ्चालनका लागि स्पष्ट कानूनी व्यवस्था गर्न नसक्दा यस्तो समस्या आएको हो । कानूनत: अवैध रहेका नेटवर्किड कम्पनीहरूले अहिले पनि ठूलो व्यवसाय गरिरहेका छन् । त्यसैले नेटवर्किङ व्यवसायलाई कानून बनाएर वैधानिक बनाउने हो या बन्द गराउने हो, सरकारले तुरुन्त निर्णय गर्नु जरुरी छ । छ महीनाअघि युनिटी लाइफ इन्टरनेशनलले गरेको ठगी बाहिर आएपछि नेटवर्क व्यवसायका सम्बन्धमा चर्को बहस भएको थियो । तर, यसबीचमा सरकारले न त्यो मुद्दालाई टुंगोमा पुर्‍याउन सकेको छ न त नयाँ नियम नै बनाउन सकेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस सम्बन्धमा अध्ययन गर्न सहसचिव गणेश ढकालको अध्यक्षतामा समिति गठन गरे पनि त्यसले अहिलेसम्म कुनै पनि काम गर्न सकेको छैन । नेटवर्किङ व्यवसायको अन्तरराष्ट्रिय प्रचलन, नेपालको अवस्था, यहाँ त्यस्तो व्यवसाय सञ्चालन गर्न दिने/नदिने, दिँदा कुन कुन क्षेत्रमा दिने आदि विषयमा अध्ययन गरी तुरुन्त नीतिगत व्यवस्था गर्नुपर्नेमा सरकारले त्यसो गर्न सकेको छैन । 

(सम्पादकीयबाट)

वर्ष ६, अंक ७१, बुधवार, १५ मंसिर, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)