ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर असोज २ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै यो शेयर विक्रीमा ल्याएको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपराह्न २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा अनिवार्यरूपमा स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने जानकारीसमेत कम्पनीले दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)