ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिफल प्रयोजनका लागि प्रभु सेलेक्ट फण्डले असोज १२ गते बुक क्लोज गर्ने

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । योजनाले तय गरेको बुक क्लोजको आधारमा असोज १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को लागि करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।

यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो । यस योजना सञ्चालनका लागि २०७८ जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरेको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रुपैयाँ ९० पैसा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)