ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईक्रा नेपालको वार्षिक साधारण सभा असोज २५ मा, ५९.१० % लाभांश वितरण गर्ने

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । ईक्रा नेपाल लिमिटेडले ११ औं वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ । 

कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको ठमेलस्थित एलोफ्ट काठमाडौंमा उक्त दिन १२ः३० बजे वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।   

सभाले आर्थिक वर्ष (आव) २०७९/८० का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्ता पूँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरूलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)