ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयमा ९ हजार २०० कित्ता बिकेन माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म स्थानीयमा विक्री गरेको १० लाख कित्ता आईपीओमध्ये ९ लाख ९० हजार ८०० कित्ता आईपीओ असोज १ गते बाँडफाँट गरेको हो ।

स्थानीयका लागि छुट्याएको आईपीओमध्ये ९ हजार २०० कित्ता भने वितरण हुन सकेन । कम्पनीले स्थानीयमा विक्री हुन नसकेको उक्त आईपीओ सर्वसाधारणमा थप गरी विक्री गर्नेछ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री गरेको थियो । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरिसकेको छ ।

यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)