ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन नेपाल लाइफको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०८० असोज, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि सार्वजनिक विदा भएकाले पर्सी अर्थात असोज ४ गते बिहीवार देखि कारोबारमा आउनेछ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता रू. १८५ दशमलव ४१ देखि ४७५ दशमलव २३ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ ।  
कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष,कर्मचारीहरुलाई वितरण गरेको  ९६ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो। स्टक सिम्बोल एसएनएल आई रहेको छ ।

शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस  सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी गराएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)