काठमाडौं। एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ अफर ल्याएको छ । यस अफरबाट लगातार २८ दिनसम्म हरेक दिनसम्म पुरस्कार पक्का रहेको कम्पनीको भनाइ छ । साथै ग्राहकले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्ने बताइएको छ ।
कम्पनीले आइतवार ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत यो योजना ल्याएको बताएको छ । यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन् । आइतवारदेखि नै ग्राहकले एनसेलका सेवा, सुविधा उपहार पक्काका रूपमा उपहार प्राप्त गर्न थालिसकेको बताइएको छ ।
२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरूप रू. १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना ग्राहकले बम्पर पुरस्कारको रूपमा एक–एक ओटा स्कुटर जित्ने कम्पनीको भनाइ छ । साप्ताहिक र बम्पर पुरस्कार प्राप्त गर्न ग्राहकले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स १७११७ ह्यास डायल गरेको हुनुपर्ने बताइएको छ ।