ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

द्रुत सेवाको ‘डेडिकेटेड लेन’मा पेन्टिङ [तस्वीरहरू]

२०८० असोज, २  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको छ । सो लेनमा ‘रेड मार्क’ लगाउने काम जारी छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाइने जानकारी दिए । विभिन्न चोक तथा घुम्तीहरूमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । 

दिउँसो भिडभाड हुने भएकाले धेरै काम राति भइरहेको उनले जानकारी दिए । केही ठाउँमा दिउँसो पनि काम भएको उनको भनाइ छ । रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको उनले जानकारी दिए । 

सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । शुरुमा दुईओटा बस चल्ने जनाइएको छ । 

भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । द्रुत सेवाका लागि २५ ओटा बस सञ्चालनमा ल्याउने योजना छ । 

उक्त सेवाका लागि ट्राफिक प्रहरीहरू परिचालन गरेर लेन खाली गरिने छ  । उक्त लेनमा अन्य गाडी नरोक्ने र द्रुत सेवाका लागि बाटो छाड्ने सङ्केत पनि दिइने उनले बताए । रासस


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)