ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केयर रेटिङ सेबोनको कारबाहीमा

२०८० असोज, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई ५० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । असोज २ गते बसेको सेबोन सञ्चालक समिति बैठकले उक्त एजेन्सीले कानूनविपरीत रेटिङ गरेको ठहर गर्दै जरिवानाको निर्णय गरेको हो । 

सेबोनले कानूनविपरीत काम गर्ने बजारसँग सम्बन्धित निकायलाई कारबाही गर्दै आए पनि रेटिङ एजेन्सी पहिलोपटक कारबाहीमा परेको हो । 

गत पुस २४ गतेको सेबोन सञ्चालक समिति बैठकले केयर रेटिङलाई क्रेडिट रेटिङ नियमावली २०६८ उल्लंघन गरी आफ्नो मुख्य शेयरधनीको रेटिङ गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विशाल ग्रूपको मुख्य लगानी रहेको केयर रेटिङले सोही समूहको मुख्य लगानी रहेका अन्य कम्पनीको बैंक ऋणका लागि रेटिङ गरेको भन्दै बोर्डले स्पष्टीकरण सोधेको थियो । बोर्डले स्पष्टीकरण सोधेको आठ महीनापछि कारबाहीको निर्णय गरेको हो । केयर रेटिङले सर्वाधिक विवादित घोराही सिमेन्टको आईपीओको समेत रेटिङ गरेको थियो । घोराही सिमेन्टमा विशाल ग्रूपसमेत मुख्य लगानीकर्ता छ ।

केयरले विशाल ग्रूपअन्तर्गतका युनाइटेड डिस्ट्रिब्युटर्स, एशियन डिस्ट्रिब्युटर्स, भीजी अटोमोबाइल्स, मैनावती स्टिल, ग्लोबल ट्रेडिङ कन्सर्नलगायत कम्पनीको रेटिङ गरेको छ ।

आम लगानीकर्तालाई धितोपत्र कारोबारमा सचेत गराउन मद्दत पुग्ने हिसाबमा कम्पनीहरूको समग्र अवस्थालाई मूल्यांकन गर्दै रेटिङ गर्नुपर्ने हुन्छ । धितोपत्रसम्बन्धी कानूनविपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा सेबोनले ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवाना गराउन सक्छ । सोहीबमोजिम केयर रेटिङलाई जरिवाना गर्ने निर्णय गरेको सेबोन स्रोतले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)