ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा टर्किस पफ्र्युम निशनेको विक्री शुरू 

२०८० असोज, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालमा टर्किस पफ्र्युम ब्रान्ड निशनेका उत्पादनको विक्री शुरू भएको छ । पफ्र्युम विक्रेता इना सेन्टरले निशने ब्राण्डका पफ्र्युम भित्त्याएको हो । नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले शुक्रवार निशने एक्स कलेक्सनको उद्घाटन गरेका हुन् । इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेका शोरुमबाट पफ्र्युम विक्री हुने कम्पनीका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए । इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पफ्र्युम विक्री गर्दै आएको बताइएको छ ।

‘निशने छोटो समयमा स्थापित टर्किस ब्राण्ड हो । यो ब्रान्डका पफ्र्युम विश्वका सर्वाधिक विक्री हुने पाँच उत्कृष्ट पफ्र्युममा पर्दछन्,’ कम्पनीले बताएको छ । निशनेका उत्पादनमध्ये उत्कृष्ट पाँच ब्राण्डहरू ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको ‘एक्स कलेक्सन’मा उपलब्ध छन् । निशनेका प्रत्येक नयाँ संस्करणमा मौलिक सुगन्धको मुख्य विशेषता रहने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)